press
po

टीकापुरका निवर्तमान मेयर थारुको नेतृत्वमा नयाँ पार्टी खोल्ने तयारी

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीबाट फेरि नयाँ राजनीतिक दल खोल्ने तयारी थालिएको छ । टीकापुर नगरपालिकाका मेयर रामलाल थारुसहितका नेताहरुको अगुवाईमा नयाँ दल खोल्ने तयारी अघि बढाइएको हो ।

sanjiwan
Nisharg

नयाँ खोल्ने दलको नाम ‘नागरिक जनता पार्टी’ र गोलाकारभित्रको ढकिया चुनाव चिन्ह राख्ने स्रोत बताउँछ । नयाँ पार्टीको नेतृत्व निवर्तमान मेयर डगौराले गर्ने बताइएपनि अहिले नै अन्तिम टुंगो लागिसकेको छैन ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

नयाँ पार्टी खोल्ने तयारीमा रहेका थारु रेशम चौधरी संरक्षक रहेको तत्कालीन नागरिक उन्मुक्ति पार्टी(नाउपा) को केन्द्रीय सदस्य थिए । रेशम पार्टी अध्यक्ष भएपछि थारु उनीसँगै थिए । तर, रञ्जिता श्रेष्ठ नेतृत्वकै पार्टीले आधिकारिकता पाएपछि उनको सक्रियता कम भएको थियो ।

HAMRO DAIRY

वैकल्पिक शक्ति बनाउने उद्देश्यले नयाँ पार्टी निर्माणको अभियानमा अघि बढेको एक नेताले बताए । पार्टीमा तत्कालीन नागरिक उन्मुक्ति पार्टी(नाउपा) लगायतका पार्टीमा आवद्ध नेता, कार्यकर्ता आउने अपेक्षा गरिएको छ ।

विधान लेखन लगायतका काम अन्तिम चरणमा रहेकाले केही दिनभित्रै निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा जाने दाबी गरिएको छ । तत्काललाई ५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने तयारी रहेको नेताहरु बताउँछन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...