


काठमाडौं । नेपाली कांग्रेसले सरकारले विभिन्न अनुसन्धानको विषयमा निष्पक्ष गर्छ कि गर्दैन भनेर प्रश्न उठाएको छ।



सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट सम्बोधन गर्दै कांग्रेसका सभापति गगनकुमार थापाले काण्ड र प्रकरणहरूको अनुसन्धान निष्पक्ष हुन्छ भन्नेमा प्रश्न उठाएका हुन्।





‘काण्ड र प्रकरणहरू सार्वजनिक भएका छन् सबै केलाइयोस्। हाम्रो साथ समर्थन रहन्छ, तर हाम्रो प्रश्न छ- अनुसन्धान निष्पक्ष हुन्छ ?,’ उनले भने, ‘सेलेक्टिभ भइरहेको छ। अनुसन्धान भइरहेको छ,केही बाहिरिन्छ अनि पब्लिक प्रतिक्रिया के आउँछ भनेर हेरिन्छ। अनि कसरी निष्पक्ष हुन्छ ?’






