


धनगढी । बझाङमा बहुविवाह सम्बन्धी कसुरमा कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन्।



जिल्ला अदालत बझाङको फैसलाअनुसार १ वर्ष ५ महिना ६ दिन कैद र १५ हजार ६ सय रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने ठहर भएका तलकोट गाउँपालिका–१ निवासी २९ वर्षीय बिजय धमेनालाई प्रहरीले पक्राउ गरेको हो।





फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरेको जनाएको छ।






