press
po

गोलकिपरसँग ठोक्किएर गम्भीर घाइते भएका स्पेनी फुटबलरको निधन

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

काठमाडौं । स्पेनको दोस्रो डिभिजनको फुटबल म्याचका क्रममा गोलकिपरसँग ठोक्किएर गम्भीर घाइते भएका टेनेरिफका स्ट्राइकर जिसस डी मिगुएलको निधन भएको छ । उनी ३० वर्षका थिए ।

sanjiwan
Nisharg

सोमबार एन्डोराविरुद्धको खेलमा गोलकिपर जिसस ओवोनोसँग जोडदार ठक्कर हुँदा डी मिगुएलको टाउको र छातीमा चोट लागेको थियो । उक्त घटनामा फाउल गरेका गोलकिपरलाई रातो कार्ड देखाइएको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

सोमबार उनको अवस्था ‘स्थिर तर गम्भीर’ रहेको बताइएको थियो । तर, मंगलबार बिहान स्वास्थ्य अवस्था थप बिग्रिएपछि स्थानीय समयअनुसार बिहान ८ बजे उनको निधन भएको हो ।

HAMRO DAIRY

क्लबले जारी गरेको वक्तव्यमा डी मिगुएलको निधनले आफूहरू स्तब्ध भएको जनाएको छ । क्लबले शोक व्यक्त गर्दै उनको परिवार, आफन्त र टेनेरिफका समर्थकप्रति समवेदना प्रकट गरेको छ ।

वक्तव्यमा भनिएको छ, “हामीसँग सान्त्वना दिन कुनै शब्द छैनन् । यो भारी दुःख कम गर्न सक्ने केही छैन । यस कठिन घडीमा हामी उनको परिवार, नजिकका मानिसहरू र यो क्षति सामना गरिरहेका टेनेरिफका सबै व्यक्तिसँग छौँ ।”

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...