


धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट भित्र्याइएका पटाका तथा किराना सामान बरामद गरेको छ ।



बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी टोलीले विभिन्न स्थानबाट ९९ हजार ६ सय रुपैयाँ बराबरका पटाका बरामद गरेको हो ।





त्यस्तै, कञ्चनपुरका विभिन्न स्थानबाट ३० हजार ८ सय रुपैयाँ बराबरका पटाका तथा किराना सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुवै जिल्लाबाट गरी कुल १ लाख ३० हजार ४ सय रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो । बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।






