



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्री सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् । बुधबार दुईदिने नेपाल भ्रमणमा आएका उनी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्न सिंहदरबार पुगेका हुन् ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन र विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता हुन लागेको हो । भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तो प्रधानमन्त्री बालेनलाई सचिव मिश्रीले हस्तान्तरण गर्ने जनाइएको छ । बुधबार काठमाडौं आएलगत्तै उनले उच्चस्तरीय भेटवार्ता थालेका थिए ।






