


धनगढी । कैलालीको धनगढीबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।



धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट शनिबार साँझ ६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित दुई जनालाई पक्राउ गरिएको हो।





लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि धनगढी–३ निवासी २२ वर्षीय ईश्वर साउँदसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।






