press
po

सुदूरपश्चिमका प्रहरी जवानको दुर्घटनामा परी मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुलीमा ट्याक्टरको ठक्करबाट डडेलधुराका एक प्रहरी जवानको मृत्यु भएको छ।

sanjiwan
Nisharg

मृत्यु हुनेमा अजयमेरु गाउँपालिका–१ निवासी २४ वर्षीय प्रहरी जवान लोकेश भण्डारी रहेका छन्।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार भण्डारीलाई सोही दिशाबाट आएको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो।

HAMRO DAIRY

दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

भण्डारी प्रहरी पहरा गण सामाखुसी काठमाडौंमा दरबन्दी भई मन्त्री क्वार्टर भैंसेपाटीमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी अनिल पण्डितले जानकारी दिए।

दुर्घटनापछि फरार ट्याक्टर र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...