बाजुरामा ढुंगा लागेर एक जनाको मृत्यु

cp new add
Nisharg hospital
Dhangadhi

बाजुरा । बाजुराको गौमुल गाउँपालिका–५ कोटमा भीरबाट खसेको ढुंगा लागेर ८ वर्षीय बालकको मृत्यु भएको छ ।

स्थानीय बलबहादुर बुढाका ८ वर्षीय छोरा समीर बुढाको ढुंगा लागेर मृत्यु भएको हो ।

स्थानीयका अनुसार गौमुल गाउँपालिका–४ बगर टोलबाट आफ्नो घर कोटतर्फ जाने क्रममा रतखोला भन्ने स्थानमा बालकमाथि भीरबाट ढुंगा खसेको थियो ।

पशुचौपायाले भीरबाट ढुंगा खसालेपछि उक्त ढुंगा बालकलाई लागेको स्थानीयले बताएका छन् । ढुंगा लागेर गम्भीर घाइते भएका समीरको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...