

बैतडी । बैतडीमा घरभित्र भरुवा बन्दुक लुकाएर राखेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
दोगडाकेदार गाउँपालिका–३ चमडियाका २७ वर्षीय लोकेश ऐरीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
ऐरीले आफ्नै घरमा भरुवा बन्दुक लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा शनिबार दिउँसो अस्थायी प्रहरी पोष्ट सतबाँजबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घरभित्र लुकाएर राखेको भरुवा बन्दुक फेला परेपछि प्रहरीले बन्दुकसहित ऐरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

