

धनगढी । कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–२ बनखेत बस्ने २५ वर्षीय प्रकाश साउँद र २२ वर्षीय छबि साउँद रहेका छन् ।
प्रहरीका अनुसार शनिबार दिउँसो कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट ९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

