टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग भिड्न लागेको चितवनले टस जितेर ब्याटिङको निर्णय गरेको हो।

आजको खेलमा सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । अविनाश बोहराको स्थानमा दीपक बोहरा आउँदा थनुका दबारेको स्थानमा फेबियन एलेन खेल्दै छन् । चितव‍नले भने यसअघिकै टोलीलाई मैदानमा उतारेको छ।

आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । चितवनले हिजो काठमान्डुलाई नकआउट गरेको थियो ।
आजको खेल २ नम्बर पिचमा खेलाइँदै छ । यही पिचमा पोखराले २०० रन माथिको योगफल बनाएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...