

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। एकैदिन सुनको मूल्यमा ठूलो गिरावट आएसँगै उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ तोकिएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ कायम भएको छ।

