

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोग पुगेलगत्तै फर्किएका छन् ।निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारीस्वरूप शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल राखेको थियो । तर, ओली उक्त छलफलमा नबसी फर्किएका छन् ।
फर्किने क्रममा ओलीले पार्टीका तर्फबाट विभाग प्रमुख देवेन्द्र दाहाल छलफलमा सहभागी हुने बताए । ‘आउँदै आएन भनेर किन पार्नु भनेर आएको हो । छलफलमा पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल सहभागी हुनुहुन्छ’, ओलीले सञ्चारकर्मीसँग भने ।
आयोगसँगको छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू सहभागी छन् ।

