

धनगढी । सुदूरपश्चिमका पूर्व प्रदेश सचिव डाक्टर महेशराज बिष्टलाई पितृ शोक परेको छ ।
बिष्टका बुवा नन्दाबल्लभ विष्टको ८९ वर्षको उमेरमा निधन भएको छ । दार्चुलाको साबिक शैल्यशिखर नगरपालिका–९, नायलमा जन्मिएका नन्दा बल्लभको धनगढी उपमहानगरपालिका–५, तारानगरस्थित निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
उनका पिताको असामयिक निधनको खबरले आफन्तजन स्तब्ध भएका छन् । दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरिएको छ ।

