आज प्रतिनिधिसभाका पाँच समितिको बैठक बस्दै



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका पाँचवटा समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ, उद्योग वाणिज्य तथा श्रम, महिला तथा सामाजिक, शिक्षा तथा स्वास्थ्य र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।
महिला तथा सामाजिक समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ९ बजे र ९ः३० बजे बस्नेछ भने अर्थ, उद्योग वाणिज्य तथा श्रम र शिक्षा समितिको बैठक बिहान ११ बजे बस्ने कार्यसूची छ।
बैठकमा विभिन्न विधेयकमाथि छलफल, संशोधन प्रस्ताव तथा सुनकोशी–मरिण डाइभर्सन आयोजना र नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल एवं स्काडा प्रणाली विस्तारसम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।
