रास्वपालाई ५ वर्ष सरकार चलाउन दिनुपर्छ, कांग्रेस सशक्त प्रतिपक्ष बन्छ : गगन थापा

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाले बहुमत ल्याएकाले उसलाई ५ वर्ष सरकार चलाउन दिनुपर्छ भन्नेमा कांग्रेस प्रस्ट रहेको बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले कांग्रेसले अब प्रतिपक्षको सशक्त जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारेका हुन्।बैठकमा सभापति थापाले सरकारमा जानका लागि प्रतिपक्षी दलहरूबिच गठजोड गर्नेतर्फ पार्टीको ध्यान नरहेको उल्लेख गरे।

मुलुकका लोकतान्त्रिक संस्थाहरूको अवस्थाबारे धारणा राख्दै थापाले अहिले लोकतान्त्रिक संस्थाहरू छन् पनि र छैनन् पनि’ जस्तो अवस्थामा रहेको टिप्पणी गरे। यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरू बचाउनुपर्ने आवश्यकता रहेको औँल्याउँदै उनले जबाफदेही नेतृत्व भएको कांग्रेस बनाउने योजना बनाउन लागिएको जानकारी दिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...