पक्राउ गर्ने भए हतकडी लिएर आउनु, खाली हात जान्न : गगन थापा

cp new add
Nisharg hospital
Dhangadhi
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पक्राउ गर्ने हल्ला फैलाएर तर्साउन खोजिएको भन्दै सरकारलाई चुनौती दिएका छन् । उनले राजनीतिक प्रतिशोध साँध्न राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्र प्रयोग नगर्न चेतावनीसमेत दिएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने चर्चा चलाइएको बताए । तर यस्ता हल्ला र दबाबबाट आफू नडराउने उनको भनाइ छ । ‘पक्रँदै गर्दा खाली हात चाहिँ नआउनु, हतकडी चाहिँ लिएर आउनु, खाली हात चाहिँ जान्न,’ थापाले भने ।

उनले शक्तिशाली सरकारसँग प्रश्न उठाउँदा राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आए पनि आफू पछि नहट्ने स्पष्ट पारे । माओवादी द्वन्द्वकालदेखि केपी शर्मा ओली नेतृत्वको सरकारसम्म आफूले सत्तालाई निरन्तर प्रश्न गर्दै आएको उनको भनाइ थियो ।

थापाले दोषीलाई कारबाही गर्ने विषयमा कांग्रेस सरकारको साथमा रहने तर अनुसन्धान निष्पक्ष र कानुनसम्मत हुनुपर्ने बताए । प्रधानमन्त्री बालेन शाह वा राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकट भएकै आधारमा कसैले उन्मुक्ति पाउन नहुने उनको तर्क थियो ।

राजनीतिक प्रतिपक्षलाई दबाबमा पार्न वा प्रतिद्वन्द्वीलाई तह लगाउन राज्यका संयन्त्र दुरुपयोग गरिए कांग्रेसले त्यसको प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

सरकारका राम्रा काममा कांग्रेसले सहयोग गर्ने तर गलत काममा निरन्तर प्रश्न उठाउने बताउँदै थापाले पार्टीले आफ्नो आलोचनात्मक भूमिका कमजोर हुन नदिने स्पष्ट पारे ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...