स्थानीय तहको चुनावमा हुरीबतास आउँदैन, हामीले राम्रो परिणाम ल्याउँछौँ : प्रचण्ड

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले राम्रो परिणाम हासिल गरे देशको राजनीतिक परिस्थिति फेरिने बताएका छन्।

तनहुँको आँबुखैरेनीमा आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय तहको निर्वाचनमा मतदाताले उम्मेदवारको व्यक्तित्व, इतिहास र पृष्ठभूमि हेरेर मतदान गर्ने बताए।

स्थानीय तहमा उम्मेदवार जनतामाझ प्रत्यक्ष परिचित हुने भएकाले उम्मेदवारको व्यक्तिगत छवि र व्यवहारले निर्वाचन परिणाममा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

उनले भने, ‘सङ्घको जस्तो स्थानीय हुँदैन। उम्मेदवार नै नचिनीकन, उसको इतिहास र पृष्ठभूमि नै थाहा नभईकन जनताले यसपटक भोट हाल्दैनन्। त्यसो भएर पहिलाको जस्तो हुरीबतास स्थानीय तहमा आउन सम्भव छैन।’

निर्वाचनअघि नै हार स्वीकार गरेर निराश हुनुभन्दा एकताबद्ध भएर सक्रियताका साथ चुनावमा होमिनुपर्नेमा उनले जोड दिए। पार्टीका नेता तथा कार्यकर्ताले दृढतापूर्वक चुनाव जित्ने लक्ष्यसहित अघि बढे स्थानीय निर्वाचनमा राम्रो परिणाम ल्याउन सकिने बताए।

नयाँ भनिएका राजनीतिक शक्तिहरूबारे जनताले बुझ्न थालिसकेको भन्दै बुद्धिजीवीहरूले बुझिसकेको र गाउँघरका जनताले पनि विस्तारै बुझ्ने बताए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...