ठगी मुद्दामा पूर्वमाओवादी सांसदका छोरा पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi
सिरहा । ठगीसम्बन्धी मुद्दामा फरार रहेका पूर्वमाओवादी सांसद दिलिप साहका छोरा २७ वर्षीय सन्तुलनकुमार यादव पक्राउ परेका छन् ।

सिरहाको मिर्चैया नगरपालिका–६ निवासी यादवलाई मंसिर ६ गते राति ९ः५० बजे कटारी चोकस्थित मन्चुरिया होटल अगाडिबाट प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका यादवका बुवा दिलिप साह २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) बाट सभासद् निर्वाचित भएका थिए । उनी हाल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध रहेको बताइएको छ ।

प्रहरीका अनुसार ठगीसम्बन्धी मुद्दामा फरार रहेका यादवलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...