

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम कर्णाली प्रदेशबाट सुरु गर्ने भएको छ । शनिबार र आइतबार सुर्खेतको वीरेन्द्रनगरमा हुने प्रशिक्षणमा पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
प्रशिक्षणका लागि सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सोबिता गौतम, महामन्त्री विपिन आचार्यलगायत नेताहरू सुर्खेत आउने कर्णाली प्रदेशका उपसभापति तुलाराज शाहीले जानकारी दिए ।
प्रशिक्षणमा कर्णालीका जिल्ला, प्रदेश र स्थानीय तहका करिब ३०० नेता तथा कार्यकर्ता सहभागी हुनेछन् । उनीहरूलाई पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, नेतृत्व, उम्मेदवार छनोट प्रक्रिया तथा स्थानीय सरकार सञ्चालन ऐनलगायत विषयमा प्रशिक्षण दिइनेछ ।
कर्णालीको प्रशिक्षण सम्पन्न भएपछि रास्वपाले क्रमशः अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

