

७ मंसिर, धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका तारालामा तामाङले मतान्तर बढाउदै लगेका छन् ।
मतगणनाको सुरुवातदेखि माओवादी केन्द्रकी बिना मगरलाई पछि पार्दै अग्रता लिएका तामाङले आठ हजार ८८६ मतसहित अग्रता कायमै राखेका छन् ।
प्रतिद्धन्द्धी मगरले चार हजार ८४७ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी पनि रहेका मगर पूर्व खानेपानी मन्त्री हुन् ।
तामाङ सुदूरपश्चिमका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।

