एमाले महासचिव पोखरेल सुदूरपश्चिम आउदै

cp new add
Nisharg hospital
suchana
Nast new

१८ असार, धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेल सुदूरपश्चिम आउने भएका छन् । अगामी मंगलबार बझाङमा हुने एमालेको जिल्ला अधिवेशनमा सहभागी हुन महासचिव पोखरेल यहाँ आउने एमाले केन्द्रीय सदस्य तथा बझाङका सह इन्चार्ज ऐन महरले बताए ।

महासचिव पोख्रेल सहित जिल्ला अधिवेशनमा सहभागी हुन पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरूको उपस्थिति हुने जनाइएको छ। आगामी २२ गते हुने जिल्ला अधिवेशनका लागि महासचिव पोख्रेल २१ गते बझाङ पुग्ने छन्। २२ गते उद्घाटन गर्ने र २३ गते नयाँ नेतृत्व चयन गरिने जनाइएको छ।

एमालेले अघिल्लो वर्ष पुस २३ गते देशै भरी एकै दिन जिल्ला अधिवेशन आयोजना गरेको थियो। उक्त दिन सुदूरपश्चिम प्रदेशको बझाङ बाहेक सबै जिल्लामा अधिवेशन सम्पन्न भएको थियो। बझाङमा मौसम खराब भएका कारण उक्त लिन अधिवेशन हुन सकेको थिएन।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...