
१८ माघ, धनगढी । बजारमा नआउदै है जिरा फुल्याको छै क्या बोलको देउडा गित युट्युबमा सार्वजनिक भएपछि आपत्ती जनाइएको छ । तपेन्द्र रावलले सिर्जना गरेको गितका अडियो क्लीपहरु अनुमती बिना सार्वजनिक भएपछि आपत्ती प्रकट गरिएको हो ।
गितका अंशलाई अनुमती बिना युटुब च्यानलमा राखिदिएपछि छायांकनको चरणमा रहेको गित ओझेलमा पर्ने चिन्ता गरिएको छ । ती च्यानललाई सम्पर्क गर्न खोज्दा सफल हुन नसकेको बताइएको छ ।
सुदूरपश्चिमको भाषा, संस्कृति जर्गेना गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त गित अगामी २२ गतेदेखि छायांकन गर्ने योजना बनाइएको छ ।गितबाट संकलन भएको रकमले कर्णाली चिसापानीमा गौतम बुद्धको मुर्ती निर्माण गर्ने योजना बनाइएको छ ।
गितको म्युजिक भिडियो अगामी फागुनमा सार्वजनिक गरिने सर्जक रावलले बताए ।

