वार्षिक ३० लाख बजेटमा वडाको नदी कटान रोक्न २५ लाख छुट्याए

cp new add
Nisharg hospital

२६ साउन, धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–४ का वडाध्यक्ष जगतबहादुर शाहीले वडाको नदी कटान तथा डुबानको समस्यालाई पहिलो प्राथमिकता दिएका छन् । वडाको मुख्य समस्याका रुपमा काडा नदीको बाढीले वर्षेनी गर्दै आएको कटान र डुबान भएको भन्दै वडाध्यक्ष शाहीले त्यसलाई नियन्त्रण गर्ने योजना बनाएका छन् ।

Nast Ad

कतिसम्म भने शाहीले बर्दगोरिया गाउँपालिकाबाट पाएको वार्षिक ३० लाख बजेटको झन्डै ८४ प्रतिशत अथात् २५ लाख बजेट काडा नदी डुङ्गियाको तटबन्धन निर्माणको योजनामा छुट्याएका छन् । यो बजेटबाट चालु आर्थिक वर्षमा चार सय ५० मिटर क्षेत्रमा तटबन्धन गर्ने लक्ष्य राखिएको उनी बताउँछन् ।

काडा नदीले कटान गरेको क्षेत्रमा स्थलगत निरीक्षण गर्दै वडाध्यक्ष शाही

 

गाउँपालिकाका प्राविधिकले स्थलगत अध्ययनपछि ५५ लाखमा डुङ्गियाको बाढी प्रभावित क्षेत्रमा तटबन्धन लगाउन सकिने बताएपछि अहिले प्रदेश सरकारबाट थप बजेट माग गरिएको वडाध्यक्ष उनले बताए । गाउँपालिका कार्यालयले समेत सो क्षेत्रमा तटबन्धन निर्माणका लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।

यो क्षेत्रमा विगत करीब दुई दशकदेखि वर्षेनी आउने काडा नदीको बाढीले कटान गर्दै आएको छ । अहिलेसम्म नदीले स्थानीयको झण्डै ५० बिघा खेत बगाइसकेको वडाध्यक्ष उनको भनाई छ ।

शाही नेपाली कांग्रेसबाट बर्दगोरिया गाउँपालिकामा निर्वाचित एक्ला वडाध्यक्ष हुन् । उनले पालिकाले आफूलाई दिने सेवासुविधा वापतको रकम समेत नलिने घोषणा गरेका छन् । चालु आर्थिक वर्षमा गाउँपालिका कार्यालयले प्रदान गरेको ३० लाख मध्ये २ लाख वडा कार्यालयको ट्रस्ट निर्माण र एक लाख स्वास्थ चौकी मर्मत सम्भार तथा बाँकी रहेको २ लाख रूपैयाँ भइरपरी आउने खर्चमा राखिएको वडा कार्यालयले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...