
४ फागुन, धनगढी । नेकपा एमालेका युवा नेता यज्ञराज ढुङ्गानाले जन्मदिनको अवसरमा दृष्टी फाउन्डेशनलाई साहयोग गरेका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य ढुङ्गानाले जन्मदिनको अवसरमा फाउन्डेशनमा पुगेर सहयोग गरेका हुन् ।
धनगढीको नवजिवन अस्पतालका अध्यक्ष समेत रहेका ढुङ्गानाले आज परेको जन्मदिनको अवसर पारेर दृष्टी फाउन्डेसनमा आश्रितहरुलाई बिहानको खाना खुवाएका हुन् । जन्मदिन लगायत अन्य विभिन्न अवसर पारी बिगतबाटै सामाजिक सेवा गरिरहने ढुङ्गानाले बिहीबार दृष्टी फाउन्डेसनमा पुगेर सहयोग गरेका हुन् ।
समाजिक प्राणीले समाजप्रतीको उत्तरदायित्व निभाउनुपर्छ भन्ने हेतुले सामान्य सहयोग गरेको ढुङ्गानाले बताए । सहयोगपछि दृष्टी फाउन्डेशनकी अध्यक्ष कल्पना भट्टले ढुङ्गानालाई धन्यवाद दिएकी छिन् ।
जन्मदिन मनाउन कुनै पार्टी प्यालेस नगई एक छाक बेसाहाराहरुलाई खुवाउन दृष्टी फाउन्डेसन पुगेकोमा ढुङ्गानालाई भट्टले धन्यवाद दिएकी हुन् । यस्तै मनकारीहरुकै कारण फाउन्डेशन चलेको बताउँदै भट्टले जन्मदिन, बैबाहिक बर्षगाँड, पुण्यतिथिको अवशरमा फाउन्डेसनमा सहयोग आउने गरेको जानकारी दिइन् ।

