कैलालीमा सुदूरपश्चिमकै पहिलो पाँच तारे होटलको शिलान्यास

Nisharg hospital

२८ साउन, धनगढी । कैलालीमा सुदूरपश्चिमकै पहिलो पाँच तारे होटल सञ्चालनमा आउने भएको छ । जिल्लाको गोदावरी नगरपालिका–७ को हरैयामा पाँचे तारे आईडिया होटल एण्ड क्यासिनो सञ्चालनमा आउने भएको हो ।

swostik

होटलको नेपाली कांगेसका नेता डा.शशांक कोइरालाले शनिबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन । आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले दुई हजार जना अटाउने सेमिनार हल, १५ सय जना अटाउने क्यासिनो हल लगायतका संरचना निर्माण गरिने बताए ।

उनकाअनुसार होटलमा १५० वटा अतिथि कोठा पनि बनाइनेछ । होटल करीब २ विघा जग्गाको क्षेत्रफलमा निर्माण हुनेछ । आइडिया ग्रुपको नाममा हरैयामा २३ विघा जग्गा रहेकोमा बाँकी क्षेत्रलाई आइडिया सिटीका रुपमा प्रयोग गरिने श्रेष्ठ बताउँछन् ।

सो होटल निर्माणमा करीब २ अर्ब लगानी लाग्ने अनुमान बताइएको छ भने स्थानीय स्तरमा रोजगारी समेत सिर्जना हुनेछ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...