जब रक्सीले मातेका प्रहरीले सवारी चेक गर्न थाले…

cp new add
Nisharg hospital

२६ फागुन, जनकपुरधाम। सप्तरीको राजविराजमा एक प्रहरी जवान दिउँसै रक्सी सेवन गरी सडकमा हंगामा गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान नरेन्द्रकुमार कार्की रक्सी सेवन गरी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुख क्याम्पस अगाडी हंगामा गरेका हुन् । जसको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नशामा लठ्ठ उनले सर्ट फुकालेर अर्धनग्न छन् । स्थानीयसँग वादवावाद गरिरहेका छन् । हातमा डण्टा लिएर यता उत्ता दौडिरहेको प्रष्टै देखिन्छ । स्थानीयका आज साँझ ५ बजेतिर उनले रक्सी सेवन गरी नशामा लठ्ठिएर सडकमा सवारी चेकजाँच गर्न थालेका थिए ।

त्यस क्रममा गालीगलौज गर्न थालेपछि स्थानीयले उनलाई रोकेको थियो । त्यसपछि उनले सर्ट फुकालेर सडकमै बडी देखाइरहेको देखिन्छ । उनको यो चाला देख्न भीड लागेको थियो ।

भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई कारबाही गर्ने तयारी गरेको छ । सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गर्न लागेको बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...