धम्क्याएर रकम असुल गर्न खोज्ने दुई जना पक्राउ

Nisharg hospital
Bogtan

१८ असार, काठमाडौं । मोरङमा धम्की दिएर रकम असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

suklaphata

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका(६ का गणेशकुमार कार्की र सोही ठाउँका विशाल ऋषिदेव रहेका छन् । प्रहरीका अनुसार विराटनगर कञ्चनबारी बस्ने कार्कीले विराटनगर महानगरपालिका(३ का मुकेश शर्मालाई जेठ ३१ गते पत्र र फोन मार्फत धम्की दिई रकम माग गरेका थिए ।

kmc
Nast

शुक्रबार शर्माले मनि ट्रान्सफरमार्फत २५ हजार रुपैयाँ पठाएका थिए । उक्त रकम पथरी शनिश्चरे नगरपालिका(६ हसन्दहस्थित मनि ट्रान्सफरबाट झिक्ने क्रममा प्रहरीले विशाल ऋषिदेवलाई पक्राउ गरेको थियो ।

त्यसपछि उनकै वयान अनुसार गणेशकुमार कार्कीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...