press
po

उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मामा

cp new add
Nisharg hospital
dhanga
Rubic

हुम्ला। कञ्चनपुर जिल्लाको भारतसँगको सिमाना जोडिएको गड्डाचौकीबाट भारत लैजाने क्रममा उद्धार गरिएका हुम्लाका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले अभिभावकको जिम्मा लगाएको छ । कञ्चनपुरबाट पैदलमार्ग हुँदै बिहीबार जिल्ला प्रहरी कार्यालयमा उद्धार गरी ल्याइएका ती बालबालिकाका अभिभावकलाई शुक्रबार कानुनी सचेतनासहित कागज गरेर जिम्मा लगाइएको हो ।

sanjiwan
Nisharg

नौ बालिका र १६ बालक गरी २५ जनालाई कञ्चनपुर जिल्लाबाट उद्धार गरेर हुम्ला जिल्ला ल्याएलगत्तै अभिभावकको जिम्मामा घर पठाइएको हुम्लाका प्रहरी निरीक्षक युवराज ढकालले बताउनुभयो । यसरी बालबालिकालाई बाहिर पठाउने अभिभावकलाई कानुनी रूपमा सजाय हुने सचेतना दिइएको छ, प्रहरीले त्यहाँ पुगेका अभिभावकलाई बालबालिका जिम्मा लगाएर दुई जना सुरक्षाकर्मीसँगै हुम्ला पठाएको थियो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

बालबालिकाको अभिभावकसँग पुनर्मिलन कार्यक्रममा आठ वर्षको छोरा भारत पठाउनुभएका अभिभावक जयकृष्ण बुढाले प्रलोभनमा परेर पठाइएको र गल्ती भएको स्वीकार गर्नुभएको थियो । गत असोज २७ गते सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँबाट पैदल मार्गबाट लगेर नेपालगन्ज हुँदै कञ्चनपुरको गड्डा चौकी नाकाबाट भारतमा लैजाने क्रममा भारतीय प्रहरी र नेपाल प्रहरीको सहयोगमा ती बालबालिकाको उद्धार गरिएको थियो । यो कार्यमा शान्ति पुनस्र्थापना गृहले पनि सहयोग गरेको थियो ।

HAMRO DAIRY

त्यसपछि १४ दिनसम्म बालबालिकालाई कञ्चनपुरको बाल गृहमा राखिएको थियो । यसै गरी पढाइदिने भन्दै भारत लगिँदै गरेको अवस्थामा कञ्चनपुर जिल्लाको गड्डाचौकी नाकाबाट फिर्ता गरिएका बालबालिका लिने चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । चारै जनाविरुद्ध मानव बेचबिखनविरुद्धको मुद्दा कञ्चनपुर प्रहरी अदालतमा दर्ता गरेको छ ।

बालबालिकालाई भारत लैजाने मुख्य व्यक्तिसहित चार जनाका नाममा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरिएको गृहका क्षेत्रीय संयोजक सञ्जित सिंहले बताउनुभयो ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...