प्रधानन्यायाधिश चोलेन्द्रमाथिको महाअभियोगको काम एक महिनामा सक्ने एमालेको प्रस्ताव

Nisharg hospital

१ भदौ, काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ । महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले प्रस्तावलाई ५ महिनासम्म त्यसै अड्काएर राखिएको र बल्ल समितिमा आएकाले छिट्टै काम सक्दा राम्रो हुने बताए ।

kailali udhog

‘के के काम कति कति समयमा गर्ने भनेर कार्यतालिका तय गरौं, तीन महिना भनेको ठाउँमा एक महिनासम्म गर्न सक्दा राम्रो हुन्छ’, पोखरेलले भने, ‘कार्यविधिसँगै कार्यतालिका र समयावधि किटान गरौं, हाम्रो समय ३ महिना भने पनि हामीसँग समय छैन ।’

उनले प्रधानन्याधीश जस्तो व्यक्ति विरुद्धको महाअभियोग ५ महिनासम्म किन र कसरी अड्काएर राखियो रु भन्ने प्रश्न पनि गरे । सत्तारुढ दल महाअभियोगको पक्षमा भए पनि आफूहरु ९नेकपा एमाले० न्युर्टल रहेको उनले बताए ।

समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टको सभापतित्वमा बसेको पहिलो बैठकमा कार्यविधि पेश भएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...