दिनमा २०० पटक भाले बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा दर्ता

Nisharg hospital
Airth Mantralaye

२ भदौ, धनगढी ।  जर्मनीका एक वृद्ध दम्पत्तिले एउटा निकै सक्रिय कुखुराको भालेका लागि छिमेकीलाई अदालतसम्म पुर्याएका छन् । कुखुराको भालेले दिनमा २०० पटक बासेको र यसकारण आफूहरुले आरामसमेत गर्न नपाएको भन्दै ती वृद्ध दम्पत्तिले आपत्ति जनाएका छन् ।

pradesh helath nirdesanalaye
gauriganga

पश्चिम जर्मनीको ब्याड साल्जुफ्लेनमा बस्ने ७६ वर्षका फ्रिडरिच–विलहेम र उनकी श्रीमती जट्टाले छिमेकको कुखुरा म्याग्डाका कारण विगत लामो समयदेखि आफूहरु शान्तसँग बस्न नपाएको गुनासो पोखेका छन् । उनीहरुका अनुसार उक्त भाले बिहान ८ बजेदेखि बास्न थाल्छ र बेलुकी सूर्यास्त नभएसम्म चुप लाग्दैन ।

Dhangadhi bidhut

म्याग्डाले आफूहरुलाई शान्तसँग बस्न नदिएको बारे छिमेकीलाई धेरैपटक बताएपनि समाधान नभएपछि आफ्नो समस्या लिएर फ्रेडरिच र जट्टा अदालत पुगे ।

‘छिमेकीले कुखुराको समस्या हल गर्न पहल नगरेपछि हामीले कि त यसरी नै बाँच्न सिक्नुपर्छ कि अदालतमा मुद्दा जित्नुपर्छ,’ फ्रेडरिचले पत्रकारलाई भने । ‘हामीले हाम्रो गार्डेन प्रयोग गर्न पाएका छैनौँ, झ्याल खोल्न पाउँदैनौँ । यो साँच्चै नै असह्य छ ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...