मालेका पोलिटब्यूरो सदस्य राप्रपा नेपालमा प्रवेश

Dhangadhi

१८ असार, काठमाडौं । लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका नेकपा मालेका पोलिट्ब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् ।

Nisharg hospital

श्रेष्ठ र मालेका केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतका नेता कार्यकर्तालाई शनिबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने बताए । उनले पूर्ण समानुपातिक निर्बाचन प्रणाली, केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताए ।

ok

राप्रपा नेपालका नवप्रवेशी कुमार श्रेष्ठले अब राप्रपा नेपालले अबलम्बन गरेको बाटोबाट मुलुकको स्वाधीनताको रक्षा, प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्ष सहित राप्रपा नेपालमा समाहित भएको बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...