धनगढीको सौभाग्य हस्पिटलले हेप्पीनेस सुदूरपश्चिमका सदस्यलाई उपचारमा छुट दिने

Nisharg hospital

५ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सञ्चालनमा आएको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरले हेल्प फर हेप्पीनेसका सदस्यलाई उपचार शुल्कमा छुट दिने भएको छ ।

मंगलबार सौभाग्य हस्पिटल र हेल्प फर हेप्पीनेस सुदूरपश्चिमबीच उपचार शुल्कमा छुट दिने सम्झौता पत्र आदानप्रदान भएको छ । हस्पिटल सञ्चालक समितिका अध्यक्ष दिनेशराज जैशी र हेल्प फर हेप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सँगै अब सौभाग्य हस्पिटलमा हेप्पनेसमा आवद्ध सबै सदस्यहरुले उपचार शुल्कमा छुट पाउने भएका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष जैशीकाअनुसार हेप्पीनेसका सदस्यहरुलाई ओपीडी शुल्कमा २५ प्रतिशत, प्याथोलोजी सेवामा २० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट पाइनेछ ।

जैशीले सम्झौता पत्रमा उल्लेख भएका बाहेकका सेवामा समेत अवस्थाअनुसार छुट दिने प्रतिबद्धता जनाएका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...