‘ड्रग’विरुद्ध धनगढीको रोडमा आए मन्त्रीदेखि पुलिस

cp new add
Nisharg hospital

१२ बैशाख, धनगढी । धनगढी बजारमा लागुऔषध ‘ड्रग’प्रयोगविरुद्ध पदयात्रा गरिएको छ। आज बिहान सचेतना जगाउन रोडमा पदयात्रा गरिएको हो। पदयात्रालाई धनगढी उपमहानगर वडा नम्बर–५ को आयोजना तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य प्रवर्धन केन्द्र र निसर्ग हस्पिटल धनगढीको प्रायोजन गरेको हो।

Telecome

धनगढी पार्कमोडबाट सुरु भएको पदयात्रा धनगढी बजार क्षेत्र, वडा नम्बर–४ हुँदै डिभोडी चोकमा पुगेर समापन भएको थियो। पदयात्रामा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, प्रदेश सभा सदस्य रमेशसिंह धामी, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहरा, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, कैलाली प्रहरी प्रमुख देवेन्द्र पालको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रदेश सभा सदस्य धामीले लागुऔषध नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताए। यस्तै, मन्त्री देउवाले प्रदेश सरकारले लागुऔषधको दुर्व्यसनबाट युवाहरूलाई बचाउन सुधार केन्द्र स्थापना गर्ने बताए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...