
१० जेठ, गुलरीया । कञ्चनपुरको कृष्णपुर नगरपालिका–.५ को कृष्णपुर स्वास्थ्य चौकीले रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरेको छ । स्वास्थ्य चौकीले बुुधबारदेखि औपचारिक कार्यक्रमकाबीच खोप सेवा सुरु गरेको हो ।
नगरप्रमुख हेमराज ओझाले स्वास्थ्य चौकी इञ्चार्जलाई खोप हस्तान्तरण गर्दै रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ गरेका हुन । सेवा शुभारम्भ गरेपछि नगर प्रमुख ओझाले कृष्णबासीले रेबिज रोगविरुद्धको खोप सेवा लिन नगरपालिका बाहिर जानुपर्ने झन्जट हटेको बताए ।

उनले अब सेवा लिन टाढा जादा व्यर्होनुपर्ने सास्ती समेत कम हुुने विश्वास गर्दै सहयोगका लागि सबैलाई धन्यवाद समेत दिएका छन् । निस्वार्थ रुपमा जनताको सेवा गर्न कटिबद्ध रहेको बताउदै ओझाले समृद्ध कृष्णपुर बनाउने अभियानमा सबैलाई साथ दिन पनि आग्रह गरे ।
रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ कार्यक्रममा बोल्दै कृष्णपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ वडाध्यक्षका अध्यक्ष टेक पाण्डेले नगर प्रमुखको स्वास्थ्य र शिक्षालाई आमुल परिवर्तन गर्ने योजनालाई सबैले साथ दिनुपर्ने बताएका थिए ।