कैलालीमा शौचालयमा युवक मृत भेटिए

Nisharg hospital

५ भदौ, धनगढी । कैलालीमा एक युवक शौचालयमा मृत अवस्थामा भेटिएका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको चौलागाईं वस्त्रालय भण्डारमा काम गर्दै आएका बैतडीको डिलाशैनी–७ का २२ वर्षीय जयन्तबहादुर कार्की शौचालयमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

Dhangadhi suchana

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खगेन्द्र साउदले शनिबार अबेर साँझ कार्की सोही वस्त्रालयको शौचालयमा विद्युतको तारले बल्बको होल्डरमा झुण्डिएको अवस्थामा मृत भेटिएको जानकारी दिए । उनकाअनुसार कार्की सोही वस्त्रालयमा विगत २ वर्षदेखि काम गर्दै आएका थिए ।

शनिबार अबेर भइसकेका कारण आइतबार बिहानदेखि मात्र घटनास्थल कार्य थालिएको छ । कार्कीका आफन्तले शव शंकास्पद अवस्थामा भेटिएकाले घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...