सेवाग्राहीसँग घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

cp new add
Nisharg hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सव–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Nast Ad

आयोगका अनुसार काष्ठ उद्योगका लागि ल्याइएका काठ बोकेको ट्रकको सिल खोलेको मुचुल्का गरिदिएबापत यादवले सेवाग्राहीलाई विभिन्न बहानामा दुःख–हैरानी दिँदै घुस मागेका थिए।

सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा कार्यालय प्रमुख यादवले आफ्नो पदको दुरुपयोग गर्दै सेवाग्राहीसँग बार्गेनिङ गरी १२ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिम कसुर गरेको ठहर गर्दै आयोगले १२ हजार रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...