

* सागर परियार
५ भदौ, लम्की । स्वर्गीय आख्यानकार गगनसिंह थापाको नवौँ कृतिका रुपमा बजारमा आइरहेको ‘अस्ताचलको ढोकाबाट’ को परिमार्जित आवरण सार्वजनिक गरिएको छ । थापाको ७५ औँ जन्म जयन्तीको अवसर पारेर आइतबार आवरण सार्वजनिक गरिएको हो ।
थापाका सुपुत्र हिक्मतले आवरण सार्वजनिक गरेको उक्त कृति निकट भविष्यमा बजारमा आउने बताइएको छ । २००५ सालमा अछामको साविक दर्ना गाविस–९ पाटेखेतमा जन्मिएर कैलालीको टीकापुर बस्दै आएका थापा २०७७ कात्तिक १८ स्वर्गीय भएका थिए ।
लामो समयदेखि जानकी गाउँपालिका–९ कटासेमा बसेका थापा कला, साहित्य, राजनीति र सामाजिक कार्यमा समेत सक्रिय थिए । पेशाले थापा शिक्षक पनि थिए ।
उनका सोह्र सौगात संयुक्त कथा संग्रह, कर्णालीको छेउछाउ, पुर्खाको चिठ्ठी, मेरो मधुशाला, महाप्रलय उपन्यास र उज्ज्वली लघु उपन्यास लगायतका विविध विधाका विभिन्न पुस्तकहरु प्रकाशित छन् ।

