नेपालमा व्यावसायिक लगानी गर्न बेलायती लगानीकर्ता उत्सुक

cp new add
Nisharg hospital

बेलायतका व्यावसायिक लगानीकर्ताले आफूहरू नेपालमा लगानी गर्न उत्सुक रहेको बताएका छन्।

Nast Ad

नेपाली दूतावास लन्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहिबार नेपाली दूतावास लन्डनमा ‘नेपाल लगानी सम्मेलन’ मा लगानीकर्ताले यस्तो धारणा राखेका हुन्।

नेपालमा लागानी गर्ने सम्भावित लगानीकर्तालाई लक्षित गर्दै आयोजित कार्यक्रममा नेपाल लागानी बोर्डका कार्यकारी निर्देशक , बेलायतको आन्तरिक लागानी विभागका निर्देशक, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीका लगानीकर्ता लगायतले सम्बोधन गर्दै नेपाल नाफामुलक लगानीको लागि उपयुक्त गन्तब्य रहेको बताएका छन्।सम्मेलनमा बिभिन्न सरोकारवाला कम्पनी तथा सरोकारवाला निकायका अधिकारीले लगानी तथा प्रतिफलका तथ्यांक प्रस्तुत गरेका थिए।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा राजनीतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा लगानीको सम्भावना औल्याएका थिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...