सुदूरपश्चिमको बजेटप्रती सभामुख पनि असन्तुष्ट, प्रधानमन्त्री भेट्दै भने– न्यायोचित भएन

Nisharg hospital

२० असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा असन्तुष्ट रहेका सत्तारुढ तीन दलका संसदीय दलका नेतासहितका १० जना प्रदेशसभा सदस्यले प्रधानमन्त्रीलाई भेटेका छन् ।

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिबाट गण्डकी प्रदेशको भ्रमणमा गएका सभामुख भीमबहादुर भण्डारी समेतका प्रमुख विपक्षी एमालेका प्रदेशसभा सदस्यसहितले प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

‘हामीले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट यथास्थितीमा हुुबहु पारित गर्न सकिदैन् । संशोधन गरिनुपर्छ भनेर कुरा राखेका छौँ,’ भेटमा सहभागी एकजना प्रदेशसभा सदस्यले भने, ‘प्रधानमनत्रीले माग सम्बोधन गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

Dhangadhi suchana

ती प्रदेशसभा सदस्यका भनाईमा भेटमा सहभागी भएका सभामुख भीमबहादुर भण्डारीले समेत बजेट सन्तुलित नआएको, मुख्यमन्त्री र मन्त्रीहरुको निर्वाचन क्षेत्रमा मात्र केन्द्रीत भएको कुरा राखेका थिए ।

माओवादी संसदीय दलका नेता खगराज भट्ट, नागरिक उनमुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले एक स्वरमा बजेट संशोधनको माग गरेका थिए । उनीहरुको भनाईमा कांग्रेसका प्रदेशसभा सदस्यहरुले समेत समर्थन गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा एमालेका प्रदेशसभा सदस्य चक्रबहादुर मल्ल समेत सहभागी थिए । यस्तै नेपाली कांग्रेसका मेघराज खड्का, मानबहादुर रावल, बहादुरसिंह थापा, ललिता सुुनार, माओवादी केद्रका शिवसिंह ओली पनि सहभागी थिए । यसअघि कांग्रेसका प्रदेशसभा सदस्यले पार्टी सभापति शेरबहादुर देउवालाई भेट्दै यथास्थितीमा बजेट पारित गर्न नसकिने बताएका थिए ।

देउवाले पूरक बजेट ल्याएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । प्रदेश सरकारले १ असारमा अगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याएको थियो । तर सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टि जनाएपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...