कैलालीमा बहुविवाह गरेर भागेका युवा युवती पक्राउ

cp new add
Nisharg hospital

२१ असार, धगढी । कैलालीमा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

Nast Ad

जिल्लाको गौरीगंगा नगरपालिका–४ का नन्दराज कडेल र २७ वर्षीया पबित्रा शर्मा कडेललाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत कैलालीले उनीहरुलाई २०७१ मंसिरमा बहुविवाह मुद्दामा ११ महिना १५ दिन कैद र १० हजार जरिवाना सुनाएको थियो ।

दुवै जनालाई जिल्ला अदालतमा पेश गरिएको छ । अदालतले उनीहरुलाई कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...