धनगढी । महाकाली नदीमा पानीकाे सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा राेक लगाइएको छ ।
लगातारकाे वर्षापछि नदीमा पानीकाे बहाब बढेर एक लाख क्युसेक नाघेपछि आइतबार साँझदेखि सवारीसाधन सञ्चालनमा राेक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले शारदा ब्यारेजमा बिहान ८ बजे पानीकाे सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको जानकारी दिए ।
उनकाअनुसार एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनमा आइतबार साँझदेखि राेक लगाइएकाे थियाे । राति पानीको सतह बढेपनि साेमबार बिहानदेखि भने घट्दाे क्रममा रहेकाे डीएसपी डाँगीले बताए ।