कैलालीमा हतकडीसहित भागेका युवक पक्राउ, ४७ किलो गाँजा बरामद

Nisharg hospital

११ भदौ, धनगढी । कैलालीमा हतकडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । बुवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हतकडीसहित भागेका जोशीपुर गाउँपालिका–४ वाणीका २८ वर्षीय शंकर चौधरीलाई फेरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

swostik

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार चौधरीलाई जोशीपुर गाउँपालिका–४ कै हसानापुर क्षेत्रबाट पक्राउ गरेर इलाका प्रहरी कार्यालय भजनीको नियन्त्रणमा राखिएको छ ।

चौधरी गाँजा सेवनकर्ता भएको खुलेपछि घरमा खानतलासी गर्दा ४७ किलो गाँजा समेत फेला परेपछि बरामद गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौधरीका बुवा शम्भुले छोराले कुटपटि निवेदन दिएपछि शुक्रबार प्रहरीले उनलाई पक्राउ गरेको थियो तर पक्राउ गरेर इलाका प्रहरी कार्यालयतर्फ ल्याउदै गर्दा उनी हतकडीसहित भागेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...