कैलाली र कञ्चनपुरमा भोलि सार्वजनिक विदा

Dhangadhi

११ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आइतबार (भोलि) सार्वजनिक विदा दिएको छ ।

Nisharg hospital

दुवै जिल्लामा बसोबास गर्दै आएका थारु समुदायको अटवारी पर्वका लागि आइतबार सार्वजनिक विदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
यसअघि अटवारी पर्वका अवसरमा भदौ १९ गते विदा दिने उल्लेख भएपनि तिथिका कारण १२ गते नै अटवारी परेपछि ९ भदौमा बसेको मन्त्री परिषदको बैठकले विदालाई संशोधन गरेको थियो ।

भोलि कैलाली र कञ्चनपुरका सबै सरकारी कार्यालय र सार्वजनिक निकाय बन्द हुनेछन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...