दार्चुलामा छोराछोरी नभएका दम्पती र एकल पुरुषलाई गाउँपालिकाले भत्ता दिने

Nisharg hospital

१२ भदौ, धनगढी । दार्चुलाको व्यास गाउँपालिकाले निःसन्तान दम्पती र एकल पुरुषलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ।

pradesh helath nirdesanalaye
gauriganga

गाउँ कार्यपालिकाको बैठकले स्थानीय सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ पारित बनाउदै छोराछोरी नभएका र एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरेको हो ।

गाउँपालिका कार्यालयकाअनुसार ४५ वर्ष पूरा भएका तर विवाह नगरेका वा श्रीमतीको मृत्यु भएर एकल भएका पुरुषलाई मासिक रुपमा पाँच सय रुपैयाँ दरले भत्ता दिइने जनाएको छ भने ४५ वर्ष पूरा भएर पनि सन्तान नभएका दम्पतीलाई पनि सोही दरले भत्ता दिइनेछ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...