press
po

धनगढीमा असोज २७ गतेदेखि दशैँ मेला हुने

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । धनगढीमा दशैँ मेला हुने भएको छ । हिन्दुहरुको महान पर्व दशैँलाई लक्षित गर्दै कैलालीको धनगढीमा दशैँ मेला २०८० हुने भएको हो। आइ लाइभको आयोजनामा असोज २७ गतेदेखि कार्तिक ४ गतेसम्म मेला सञ्चालन गरिने भएको हो ।

sanjiwan
Nisharg
Nav

साङ्गतिक क्षेत्रको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गरिन लागेको आइ लाइभका सदस्य धिरविक्रम सिंहले बताए । पर्यटन तथा संस्कृतिक प्रवद्र्धन, स्थानिय व्यापार प्रवद्र्धन, छिटो छरितो किनमेल केन्द्र, मनोरञ्जन केन्द्र, विभिन्न पुस्ता, भेषभूष र समुदायको मिलन तथा संस्कृति आदान प्रदान, आर्थिक क्षेत्रमा तरंग, स्थानिय व्यापार, फर्म, कृषि, उद्यमी, साना हस्तकला तथा महिला उद्यमीलाई स्टलमा छुट तथा मनोरञ्जन प्रदान गर्ने लगायतको मेलाका विशेषता रहेका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

आठ दिनसम्म चल्ने मेलाका लागि ट्राभेल रेन व्याण्ड, कलाकार शिल्पा मास्के, गायक नविन के भट्टराई, चक्र बम लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रदर्शन रहने छ। सुदूरपश्चिम महोत्सव भएको स्थानमा गरिन लागेको मेलामा व्यापारिक फर्म, किसान, उद्योगीहरुलाई स्टल राख्नका लागि बुकिङ खुल्ला गरिने उनले बताए । मेलामा तीन सय बढी स्टल रहने अनुमान रहेको उनको भनाई छ ।

HAMRO DAIRY

मेला अवलोकन गर्न जाने प्रति व्यक्तिलाई एक सय रुपैयाँ प्रवेश शूल्क लाग्ने छ । मेला अवधिभर झण्डै एक करोड ३२ लाख बराबरको खर्च रहने अनुमान आयोजकको रहेको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...