दार्चुलामा पहिरो जादा सडक अवरुद्ध, यातायात सेवा ठप्प

Nisharg hospital

१२ भदौ, धनगढी । दार्चुलामा अविरल वर्षापछि पहिरो जादा सडक अवरुद्ध भएको छ । गोकुुलेश्वर–दार्चुला सडकखण्ड महाकाली नगरपालिका– ८ बस्ने असीकाँडामा  पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

Dhangadhi suchana

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार आधा घण्टा अगाडि मात्र पहिरो गएको थियो । अहिले पानी परिरहेको र पहिरो गएको ठाउँमा लेदो बग्न नरोकिएका कारण यातायात सेवा पूर्ण रुपले ठप्प भएको छ ।

वर्षा रोकिएपछि पहिरो पछ्याइने प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...