धनगढीमा अब १०० रुपैयाँमै खाना

Nisharg hospital

धनगढी । धनगढीमा अब एक सय रुपैयाँमै खाना पाइने भएको छ । अपि सैपाल थकाली खाना घर एण्ड क्याफेले एक सय रुपैयाँमा खाना खुवाउने भएको हो ।
धनगढी रङ्गशाला अगाडि खुलेको खाना घरले बुधबारदेखि शाकाहारी खाना खुवाउने व्यवस्था मिलाएको छ ।

सञ्चालक रामबहादुर बोहराले खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिडो पनि उपलब्ध रहेको बताए । खाना घरसँगै क्याफेको उद्घाटन सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले गरेका हुन् ।

बझाङको बुङ्गल नगरपालिका घर भएका खाना घर तथा क्याफे सञ्चालक बोहराले करिब ७० लाखको लगानीमा खाना घर र क्याफे सञ्चालनमा ल्याएको बताए । खाना घर एण्ड क्याफेमा रेष्टुरेन्ट, क्याबिन र दुईवटा डाइनिङ हल रहेका छन् ।

खाना घरमा मटन र लोकल चिकेन खाना २५० मा खुवाइने छ भने थकाली खानाको मूल्य ४२०, कोदो र मकैको रोटी, चटनी, साग र मोहिको १७० रुपैयाँ मूल्य रहेको छ । होटल सञ्चालक बोहराले बझाङको अर्गानिक मकै र कोदो अनि भाङोको चटनी र मोही नास्ताको रुपमा उपलब्ध हुने बताए ।

उनले स्कुल कलेज पढ्ने विद्यार्थी र अन्य कामकाजी व्यक्तिहरूलाई मध्यनजर गरेर एक सयमा शाकाहारी खाना उपलब्ध गराउने सोच बनाएको बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...