कैलालीमा ६ जना पत्रकार प्रेस चौतारीमा प्रवेश

Seti
arth ok

१४ भदौ, धनगढी । कैलालीमा विभिन्न संगठन परित्याग गरेर ६ जना पत्रकार प्रेस चौतारी नेपालमा प्रवेश गरेका छन् । ३० साउनमा प्रेस चौतारी कैलालीले आयोजना गरेको जिल्ला स्तरीय सांगठनिक प्रशिक्षण कार्यक्रमको अवसर पारेर उनीहरु संगठनमा प्रवेश गरेका हुन् ।

Nisharg hospital

यसरी प्रवेश गर्नेमा कैलालीको मसुरियाका पत्रकार दिनेश खाती, मसुरियाकै दिनेश बिसी, बौनियाका टीकाराम साउँद, अत्तरियाका, जित मल्ल, घोडाघोडीका टेकु क्षेत्री र टीकापुरका गोविन्द सोडारी रहेका छन् ।

उनीहरुलाई प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले खादा र टीका लगाएर संगठनमा स्वागत गरेका थिए । प्रेस चौतारी कैलालीले जिल्लामा संगठनलाई सुदृढ बनाउदै लैजाने जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...